रमेश विकलका कथा, नाटक र उपन्यासका समग्र ग्रन्थ प्रकाशित
काठमाडौं, १ साउन / विशिष्ट आख्यानकार रमेश विकलका तीन महाग्रन्थ प्रकाशनमा आएका छन् । रमेश विकल समग्र मूल शीर्षक अन्तर्गत यिनमा विकलका समग्र कथा, उपन्यास र नाटक गरी अलग अलग तीनवटा खण्डमा प्रकाशित भएका हुन् ।
विकलका कतिपय कृतिहरु प्रकाशकद्वारा नयाँ संस्करण प्रकाशन नगरिँदा अप्राप्य भई शोधार्थी, विद्यार्थी र पाठकहरुमा कठिनाइ भइरहेको थियो । यस्तो अवस्थामा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा गरिएको रमेश विकल साहित्य प्रतिष्ठानको यो प्रकाशन कार्य अत्यन्तै महत्वपूर्ण ठानिएको छ ।
प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार रमेश विकल समग्र, कथा खण्डमा प्रकाशित दशवटा कथा सङ्ग्रहका कथाहरूका साथै सङ्ग्रहमा नआएका फुटकर प्रकाशित ३३ वटा गरी करिब एक सय पचासवटा कथा १ हजार ३ सय ९२ पृष्ठमा विस्तारित छन् भने ९ सय ४४ पृष्ठको उपन्यास खण्डमा उनका तीनवटा चर्चित उपन्यास सुनौली, अविरल बग्दछ इन्द्रावती र सागर उर्लन्छ सगरमाथा छुन समावेश छन् । यसैगरी ६ सय ८ पृष्ठको नाटक खण्डमा प्रकाशित चार सङ्ग्रहका साथै फुटकर प्रकाशित नौ वटा नाटकहरू सङ्ग्रह गरिएका छन् ।
यति महत्वपूर्ण ग्रन्थको प्रकाशनमा आर्थिक सहयोग उपलब्ध गराउने गोकर्णेश्वर नगरपालिका परिवारका साथै २०१६ सालदेखि २०७५ सम्मका अलग अलग कालखण्डमा प्रयुक्त वर्णविन्यासगत विविधतालाई एक रूपतामा ल्याउने कठिन सम्पादन कार्य सफलतापूर्वक सम्पन्न गरी सहयोग गर्ने वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीलाई प्रतिष्ठानले धन्यवाद ज्ञापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु