आज तीन संसदीय समितिको बैठक बस्दै

sanghiye-samsad-sachiwalaye-tatokhabar

काठमाडौं / आज संघीय संसद्अन्तर्गत तीन वटा संसदीय समितिको बैठक बस्दै छ।

महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ।

Advertisement:sanghiye-samsad-sachiwalaye-tatokhabar

बैठकमा राज्यको मूलप्रवाहमा मधेशी समुदायको समावेशिताको अवस्था र मधेशी आयोगले खेलेको भूमिकाका विषयमा छलफल गर्ने कार्यसूची छ।

त्यस्तै बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ। बैठकमा समितिको कार्य प्रभावकारिताका लागि उपसमिति गठनको विषयमा छलफल गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :