नेपालले आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड प्राप्त गरेकोमा प्रधानमन्त्री ओलीको बधाइ

icc_digital_fan_engagement_award

काठमाडौं / नेपालले आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड प्राप्त गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले बधाइ दिएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रदान गर्ने अवार्ड अन्तर्गत नेपालले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड प्राप्त गरेको हो।  उक्त अवार्ड पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई बधाई दिएका हुन्।

Advertisement:icc_digital_fan_engagement_award

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी राम्रो क्रिकेट खेलिरहेका छौं, अनि त्यति नै मात्रामा खेललाई साथ र सपोर्ट गरिरहेका छौं। यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्। यस वर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ। बधाई नेपाली।’

आईसीसीले नेपालसहित ६ देशलाई आईसीसी डेभलपमेन्ट अवार्ड प्रदान गरेको हो। आईसीसीले नेपालसहित ओमान, नेदरल्यान्ड्स, यूएई, मेक्सिको र स्कटल्यान्डलाई डेभलपमेन्ट अवार्डले सम्मानित गरेको हो। क्रिकेट खेलको विकासका लागि आईसीसीका एसोसिएट सदस्यले गरेका कार्यक्रमलाई प्रोत्साहन गर्न आइसीसीले अवार्ड दिने गरेको छ। नेपाललाई आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड पनि दिइएको छ।

यसअघि नेपालले यही विधामा एसिया क्षेत्रको अवार्ड पाएको थियो। पछिल्लो वर्ष सामाजिक सञ्जालमा नेपालको फ्यानबेस ४ सय प्रतिशतभन्दा बढीको पहुँचमा पुगेको छ।

जसका कारण नेपालको क्रिकेट देश र देश बाहिरका दर्शकमाझ पुगेर प्रचार भएको आईसीसीको ठहर छ।

प्रतिक्रिया दिनुहोस् :