अमेरिकी राष्ट्रपति जो बाइडेन कोभिड पोजेटिभ

joe-biden

काठमाडौं / अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

बाइडेनका प्रेस सेक्रेटरी करिन जिन पियरेले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएकी छन्। उनी यसअघि पनि दुई पटक कोभिड-१९ बाट संक्रमित भइसकेका छन्।

Advertisement:joe-biden

८१ वर्षीय बाइडेन बुधबार लस भेगासमा चएको चुनावी सभामा भाग लिन पुगेका थिए। एउटा कार्यक्रममा सहभागी भएका उनले त्यसपछिका कार्यक्रम रद्द गरेका थिए।

गत जुनको अन्त्यमा ट्रम्पसँगको चुनावी बहसमा  खराब प्रदर्शनपछि उमेरका कारण पद छोड्न उनीमाथि चर्को दबाब आएको छ। फेरि उनलाई यहि समयमा यो रोग आएको हो।

राष्ट्रपति ट्रम्पलाई डेलावेयरस्थित आफ्नो निवासमा आइसोलेट गर्नेलागिएको ह्वाइटहाउसले जनाएको छ।

राष्ट्रपतिका चिकित्सक केभिन ओकोनोरका अनुसार बाइडेनलाई नाकबाट पानी बग्ने र खोकी लाग्नेलगायत श्वासप्रश्वाससम्बन्धी माथिल्लो लक्षण देखिएको थियो। पछि उनलाई कोभिड पोजेटिभ देखिएको थियो।

प्रतिक्रिया दिनुहोस् :