दुई बर्षयताकै उच्च विन्दुमा नेप्से

share-market-increase-news-tatokhabar.com

काठमाडौं / कारोबारको अन्तिम दिनमा आज नेप्से अन्तिम समयमा उच्च अंकले बढ्दै बन्द भएको छ । बिहीबार नेप्से परिसुचक ५९.६८ अंकले बढ्दै २ बर्षयताकै उच्च विन्दु अर्थात २४ सय २४ को विन्दुमा पुगेर बन्द भएको हो ।

नेप्सेमा आज ३ सय १२ कम्पनीका करिव ४ करोड कित्ता सेयर किनबेच भए। आज बजारमा कारोबार अवधिभर १५ अर्ब ५४ करोड ८८ लाख ७ सय ३८ रुपैयाँको कारोबार भएको छ ।

Advertisement:share-market-increase-news-tatokhabar.com

आज बजारमा कारोबारमा आएकामध्ये वित्त र जलविद्युत बाहेक सबै समुहको परिसुचकमा हरियाली देखियो। जसमध्ये बैंकिङ समुहको परिसुचक ६.२८ प्रतिशतले बढेको छ । यस्तै आज लघुवित्त समुहको परिसुचक २.७७ प्रतिशतले बढ्दा अतिरिक्त समुहको परिसुचकमा २.३० प्रतिशतले वृद्धि भएको छ । आज विकास बैंक समुहको परिसुचक १.३१, उत्पादनमुलक समुहको १.१७, जीवन बीमा समुहको १.२९, निर्जिवन बीमा समुहको परिसुचक १.०५ प्रतिशतले उकालो लागेको छ ।

यसरी आज अधिक समुहको परिसुचकमा उच्च वृद्धि हुँदा कारोबारमा आएकामध्ये १ सय ४३ कम्पनीको सेयरमूल्य बढेको छ। यस्तै आजै ९५ कम्पनीको सेयरमूल्य घट्दा ५ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये ५ कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स लिमिटेड, आँखु खोला जलविद्युत कम्पनी, उपकार लद्धुवित्त वित्तीय संस्था र थ्रि स्टार हाइड्रोपावर कम्पनी रहेका छन् ।

यस्तै आज नेपाल फाईनान्स लिमिटेडको सबैभन्दा बढी ४२ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा दोस्रोमा अप्पर तामाकोशी जलविद्युत आयोजनाको ३८ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै आज ङादी ग्रुप पावर कम्पनीको ३० करोड ३२ लाख, साइन रेसुङ्गाको २७ करोड ९१ लाख, कुमारी बैंकको २३ करोड ९२ लाख र सीइडीबी जलविद्युत कम्पनीको २१ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस् :