राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्ने

sanghiya-samsad-sachiwalaye

काठमाडौं / संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दै छ। बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट थारु आयोगको पाचौं वार्षिक प्रतिवेदन २०७९/८० सभासमक्ष पेश गर्ने कार्यसूची राखिएको संसद् सचिवालयले जनाएको छ।

Advertisement:sanghiya-samsad-sachiwalaye

यस्तै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरु प्रमाणिकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्। राष्ट्रपति रामचन्द्र पौडेलले गत साउन १ गते बजेटसँग सम्बन्धित आर्थिक विधेयक, २०८१, राष्ट्रऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ प्रमणीकरण गरेका थिए।

त्यसअघि बैठकको सुरुमै शून्य समयमा सदस्यहरूले समसामयिक विषयमा सरकराको ध्यानाकर्षण गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :