प्रधानमन्त्री ओलीलाई एमालेका विभागहरूको १० बुँदे सुझाव

sujhab to prime minister kp oli

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टी नेकपा एमालेले सरकारले आगामी दिनमा गर्नुपर्ने कामहरूबारे १० वटा सुझाव पेश गरेको छ। शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर एमाले प्रतिनिधि मण्डलले सरकारले आगामी ३ वर्षभित्र गर्नुपर्ने ठोस कार्यसम्बन्धी १० सुझाव दिएको हो।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका २८ वटा विभागका सुझाव समेटेर प्रधानमन्त्रीलाई सुझाव बुझाइएको जानकारी दिए। गत असार २१ केन्द्रीय बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० बुँदे सुझाव बुझाइएको ज्ञवालीले बताए।

Advertisement:sujhab to prime minister kp oli

नेकपा एमालेले अघिल्लो सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि विभिन्न समयमा जनताका मुद्दाबारे निरन्तर सुझाव पेश दिँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस् :