काठमाडौँमा पोलियोको जीवाणु भेटियो, उपत्यकामा साउन १२ देखि खोप अभियान संचालन हुँदै

polio vaccine

काठमाडौँ, तातोखबर / काठमाडौँमा पोलियोको जीवाणु भेटिएको छ। टुकुचाको ढलबाट संकलन गरिएको नमुना परीक्षण गर्दा पोलियो भाइरस टाइप ‘घ’ को जीवाणु भेटिएको  स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा.अभियान गौतमले बताए।

काठमाडौंको पोलियो भाइरस जीवाणु भेटिए पछि स्वास्थ्य महाशाखाले काठमाडौं, ललितपुर भक्तपुरमा पोलियो विरुद्धको खोप अभियान सन्चालन गर्ने भएको छ।

Advertisement:polio vaccine

डा. गौतमका अनुसार काठमाडौं उपत्यकामा साउन १२ देखि पोलियो खोप अभियान संचालन हुँदैछ। नेपालमा १३ वर्षयता पोलियो भाइरस फेला परेको थिएन। १० वर्षअघि नेपालमा पोलियो उन्मूलन घोषणा भएको थियो।

प्रतिक्रिया दिनुहोस् :