पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा सुधार

lokendrabahadur-chand

काठमाडौं / पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा सुधार आएको छ।

वीर अस्पतालमा उपचाररत चन्दको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बताए। स्वास्थ्य क्रमिकरुपमा सुधारोन्मुख भए पनि उनलाई अझै केही दिन चिकित्सकको निगरानीमा राख्नुपर्ने पौडेलले बताए।

Advertisement:lokendrabahadur-chand

ज्वरो, पिसाबमा सङ्क्रमण तथा श्वाश्वप्रश्वासमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री चन्द गत बिहीबार वीर अस्पतालमा भर्ना भएका थिए। विशिष्ट व्यक्ति उपचार कक्षमा राखेर उनको उपचार भइरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :