बक्यौता नतिर्ने उद्योगमा विद्युत् जोड्न ओलीको निर्देशन, लिखित निर्देशन नआएसम्म लाइन नजोड्ने प्राधिकरणको अडान

kulman-ghising-pawan-golyan-challange-to-nepal-electricity-authority

काठमाडौं / विद्युत प्राधिकरणले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन अटेर गरेको छ।  उद्योगको काटिएको विद्युत् जोडिन प्रधानमन्त्रीले दिएको निर्देशन प्राधिकरणले अटेर गरेको हो।

प्रधानमन्त्री निवास बालु्वाटारमा प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उद्योगीसँग भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै लाइन जोड्न भनेका थिए। प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बोर्डको बैठकले निर्णय गरेर मात्रै लाइन जोड्ने जवाफ दिएका थिए। त्यसपछि बेलुका नै बोर्ड बैठक बसेको थियो।

Advertisement:kulman-ghising-pawan-golyan-challange-to-nepal-electricity-authority

बैठकले ऊर्जा मन्त्रालयको लिखित निर्देशन नआएसम्म काटिएका उद्योगमा बिजुली नजोड्ने अडान लिएको प्राधिकरणका सूचना अधिकारी चन्दन कुमार घोषले जानकारी दिए। अब लिखित निर्देशन आएपछि मात्रै बोर्डको बैठकले त्यसलाई अनुमोदन गर्ने र लाइन जोडिदिने उनले बताए।

प्राधिकरणले ६१ उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंकलाइनको जरिवानासहित आठ अर्ब २६ करोड बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको छ । ३ अर्ब ६५ करोड बक्यौता तिर्न बाँकी जगदम्बा स्टिल, जगदम्बा सिन्थेटिक्स, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र हुलास स्टिलको लाइन प्राधिकरणले काटिदिएको छ ।

प्रतिक्रिया दिनुहोस् :