अब साना दलहरुको काम छैन : ईश्वर पोखरेल

overseas Nepali forum Qatar Ishwor_pokharel

काठमाडौं / नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले नै देशलाई समृद्ध बनाउने भन्दै अब साना दलहरुको काम नभएको तर्क गरेका छन्।

शुक्रबार दोहामा प्रवासी मञ्चको सातौँ अधिवेशनमा उनले यस्तो बताएका हुन्।

Advertisement:overseas Nepali forum Qatar Ishwor_pokharel

उनले आगामी निर्वाचनसम्म माओवादी केन्द्रसँग सहकार्य नगर्ने शर्तमा कांग्रेससँग मिलेर सरकार बनाएको जिकिर गरेका छन् । राजनीतिक स्थायित्वका लागि एमाले-कांग्रेस सरकार बनेको उल्लेख गरे।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै बेइमानीका कारण अघिल्लो सरकार ढलेको आरोप लगाए। उनले प्रचण्डले चुलबुल गर्दा हुँदाखाँदाको सरकार ढलेको आरोप लगाए गरे। ‘देशमा २० सिटे पनि प्रधानमन्त्री बन्ने अवस्था आएपछि जनताको अभिमत प्राप्त दलहरूले नयाँ सरकार गठन गर्‍यौँ, उनले भने।

वरिष्ठ उपाध्यक्ष पोखरेलले  नेपालमा रेमिट्यान्सलाई कसरी व्यवस्थित गर्ने भन्ने चुनौती रहेको बताए । उनले रेमिट्यान्सको पैसा उत्पादनमा लगाउनुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस् :