हनुमन्ते नदीमा पानीको सतह बढ्दै, नदि आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह
भक्तपुर / भक्तपुरको बजार क्षेत्रमाआज खास्सै पानी नपरे पनि साँझदेखि हनुमन्ते नदीमा पानीको सतह ह्वात्तै बढेकाले त्यहाँको बस्तीमा बाढी पसेको छ। काभ्रेको नाला, भक्तपुरको ताथलीलगायत क्षेत्रमा परेको भीषण वर्षाका कारण काभ्रेदेखि आएको बाढीले हनुमन्ते उर्लिएपछि बस्तीमा पसेको हो।
भक्तपुरको थुसाचामा पुलमाथि बाढी पसेपछि जगातीबाट च्यामासिंह जाने सडक अवरुद्ध भएको छ। बाढी नदीबाट माथि आएर सडकबाट खोला बग्न थालेको छ। आसपासका घर एवं बस्तीमा पानी पसेको छ।
भक्तपुरको हनुमान घाट, सूर्यविनायकका राम मन्दिर, शान्तिनिकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्रका बस्तीमा बाढी पसेर डुबानमा परेको छ। राम मन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको हो।
हनुमन्ते नदीमा आएको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनाराका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो र हनुमन्ते नदीको सहायक नदी एवं खोलाहरुमा पानीको बहाव ह्वात्तै बढेको छ। बाढी पसेपछि जगाती, च्यामासिंह, हनुमानघाट, बाराहीस्थानको जनजीवन समेत प्रभावित भएको छ।
भक्तपुरको विभिन्न वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले आज साँझ हनुमन्ते खोला जगातीको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहमा पुगेको नदी तटीय क्षेत्रमा बाढीको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउन सन्देश एवं सूचना जारी गरिएको छ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई उच्च तयारीका साथ राखिएको जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
‘टोल विकास संस्थाहरुको सक्रियता’ नामक पुस्तक सार्वजनिक
-
२.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
३.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
४.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
५.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै