इथियोपियामा पहिरोमा परी २२९ जनाले ज्यान गुमाए

इथियोपियाको दक्षिणी क्षेत्रमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२९ पुगेको छ।
दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान करिब १०ः०० बजे पहिरो गएको थियो। पहिरोमा परी मृत्यु हुनेमा १४८ पुरुष र ८१ महिला रहेको गोफा क्षेत्र सरकारी सञ्चार मामिला विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
इथियोपियामा जुलाईमा शुरु भएको र सेप्टेम्बरको मध्यसम्म रहने अनुमान गरिएको वर्षाको मौसममा घातक पहिरो गएको हो । पूर्वी अफ्रिकी देशका केही भागमा मौसमी वर्षाले कहिलेकाहीँ घातक पहिरो निम्त्याउने गरेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस