लुम्बिनीका मुख्यमन्त्रीको शपथ आज, को-को छन् मन्त्री ?

chet narayan aacharya

काठमाडौँ / लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज शपथ ग्रहण गर्दैछन्।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम एमाले प्रदेशसभा संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। दुई दलबीच मन्त्रालय भागबन्डाको टुङ्गो लगाएर आचार्यले आज शपथ ग्रहण गर्न लागेका हुन्।

Advertisement:chet narayan aacharya

मुख्ममन्त्रीसहित मन्त्रीहरुको शपथ बिहान साढे ८ बजे राखिएको छ। प्रदेशमा हाल रहेका ११ मन्त्रालयलाई कायमै राखेर भागबन्डा गरिने दलहरूले जनाएका छन्।  लुम्बिनीमा कांग्रेसले ५ र एमालेले मुख्मन्त्रीसहित ४ मन्त्रालय पाउने सहमति भएको छ। सानादललाई पनि २ मन्त्रालय दिने कांग्रेस-एमालेको तयारी छ। काग्रेसले मन्त्री बन्ने ५ जनाको टुंगो लगाएको छ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीका  अनुसार कांग्रेसबाट प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री बन्ने भएका हुन्।

कांग्रेसबाट मन्त्री बन्न लागेका प्यूठानका थापाबाहेक सबै नयाँ अनुहार हुन्।  प्रमुख सचेतक तिमिल्सिनाको नेतृत्वमा कांग्रेस सरकारमा जान लागेको हो। मन्त्रालयको संख्या टुंगो लागे पनि मन्त्रालय टुंगो लाग्न बाँकी रहेकाले आज सबै मन्त्रीको बिनाविभागीय मन्त्रीमा शपथग्रहण हुने सम्भावना रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए।

यस्तै लुम्बिनीमा नेकपा एमालेबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेको छ। एमालेले आफ्नो भागमा परेका ४ मन्त्रीमा २ पुराना र २ नयाँ अनुहार पठाउने भएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यका अनुसार रूपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्ने छन्।

 

प्रतिक्रिया दिनुहोस् :