लुम्बिनीका मुख्यमन्त्री आचार्यको शपथ ग्रहण सम्पन्न

Lumbini pradesh mukhyemantri

काठमाडौँ / लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ ग्रहण गरेका छन्।  प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। ​

शपथलगत्तै मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, देउखुरी पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

Advertisement:Lumbini pradesh mukhyemantri

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्यलाई संविधानको धारा १६८ को उपधार २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

८७ सदस्य प्रदेशसभामा सरकार गठनको लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। लुम्बिनी प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।

एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री हुने चर्चाका बीच पार्टी केन्द्रले आचार्यलाई अन्तिम समयमा आएर मुख्यमन्त्री बनाएको थियो।

प्रतिक्रिया दिनुहोस् :