दोलखा भीमेश्वरको शिलामा फेरी पसिना आयो

dolakha bhimeshowr temple

काठमाडौँ / दोलखाको भीमेश्वर मन्दिरको शिलामा आज फेरी पसिना आएको छ। शिलामा पसिना आएपछि ठूलो संख्यामा स्थानीय भक्तजन भेला भएका छन्।

भक्तजनहरु जम्मा भएर ठूलो आवाजमा घण्टा, नगरा बजाइरहेका छन् भने मन्दिरका पुजारी तथा समितिका मानिसहरु शिलाको पसिना कपासले पुछिरहेका छन्।

Advertisement:dolakha bhimeshowr temple

शिलामा आज दिउँसो १२ बजेर ४५ मिनेट जाँदा पसिना आउन सुरु भएको हो। अहिले माथिल्लो र तल्लो दायाँ भागमा पसिना आइरहेको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले तातोखबरलाई बताए।

बायाँ भागतर्फ पसिना आउँदा जनतालाई दुख कष्ट हुने र दायाँ भागतर्फ पसिना आएमा राष्ट्र प्रमुखलाई अनिष्ट हुने जनविश्वास रहेको छ।

 

प्रतिक्रिया दिनुहोस् :