जहाज दुर्घटना : संसदीय समितिद्वारा शोक प्रस्ताव पारित

saurya air accident

काठमाडौँ / संसदीय समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ११ बजे भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रति शोक प्रस्ताव पारित गरेको छ।

बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा यात्रुहरूको निधन भएको भन्दै शोक प्रस्ताव पारित गरेको हो।

Advertisement:saurya air accident

बैठकले मृतकको परिवारप्रति समवेदना व्यक्त गरेको छ। त्यसैगरी उद्धार गरिएको जहाजका घाइते पाइलटको शीघ्र उपचार गर्न पनि ध्यानाकर्षण गराइएको छ।

बैठकको निर्णयबारे जानकारी दिँदै समिति सभापति रामहरि खतिवडाले भने‚ ‘आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा जनधनको क्षति भएकोमा समिति शोक व्यक्त गर्दछ। मृतक परिवारमा समवेदना प्रकट गर्दछ। पाइलट लगायत उक्त घटनामा घाइते हुनेहरूको शीघ्र उपचार होस् र सु–स्वास्थ्यको कामना कामना गर्दछ।’

बैठकमा बोल्दै सांसदहरूले जहाज दुर्घटनामा जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेका थिए। उद्धार र घाइतेहरूको उपचारको व्यवस्था शीघ्र गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया दिनुहोस् :