कास्की प्रहरीमा बैंकिङ कसुरको मुद्दा धेरै, बार्षिक २१ सय बढी मुद्दा दर्ता

gandaki province map

पर्वत / गत आर्थिक वर्ष २०८०/०८१ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा दुई हजार एक सय ३४ वटा मुद्दा दर्ता भएका छन्।

एक वर्षको अवधिमा विभिन्न ३८ वटा शीर्षकमा मुद्दा दर्ता भएकोमा तीमध्येका एक हजार छ सय २२ वटा फर्स्यौट भएका छन् भने पाँच सय १२ वटा मुद्दा फर्स्यौट हुन बाँकी रहेका छन्।

Advertisement:gandaki province map

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माका अनुसार कर्तव्य ज्यानका आठ वटा, ज्यान मार्ने उद्योगका १८ वटा, विष सेवन गरी आत्महत्याका नौ वटा, झुन्डिई आत्महत्याका एक सय ३३ वटा, हाम फाली आत्महत्याका १२ वटा सवारी ज्यानका ३५ वटा, फुटकर ज्यानका एक सय छ वटा रहेका छन्।

यस्तै भवितव्य ज्यानका एक सय दुई वटा, नकबजनी चोरीको एउटा, जबरजस्ती करणीका ५२ वटा, जबरजस्ती करणी उद्योगका दुई वटा, साधारण चोरीका एक सय ३९ वटा, शिक्षा ऐनका दुई, अपहरणका तीन वटा, हातहतियार खरखजानाका छ वटा, जुवाका २८ वटा, मानव बेचबिखनका तीन वटा, लिखत सम्बन्धी कसुरका पाँच वटा, बहु विवाहका १३ वटा मुद्दा रहेका छन्।

लागू औषधका एक सय २९ वटा, ठगीका ३४ वटा, सवारीबाट अङ्गभङ्गका १६ वटा, कुटपिटबाट अङ्गभङ्गका तीन वटा, बाल विवाहको एउटा, बैकिङ कसुरका सात सय ९८, झुठा विवरण पेस गरी नागरिकता लिएकोमा एउटा, चोरी उद्योगमा छ वटा, सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा चार सय २३ वटा, आपराधिक उपद्रवमा तीन वटा, आत्महत्या गर्न दुरुत्साहन गर्न नहुनेमा दुई वटा, आगो लगाइ आत्महत्याको एउटा, पशुपक्षी सम्बन्धी कसुरको एउटा, बालबालिका सम्बन्धी कसुरका २० वटा, आपराधिक लाभका दुई वटा, ज्यान सम्बन्धी कसुरको एउटा, विद्युतीय कारोबार ऐनको एउटा र स्वास्थ्य सम्बन्धी कसुरको एउटा मुद्दा दर्ता भएका हुन्।

प्रहरी नायव उपरीक्षक शर्माका अनुसार दर्ता भएका मुद्दाअन्तर्गत कर्तव्य ज्यानको एउटा, ज्यान मार्ने उद्योगको एउटा, विष सेवन गरी आत्महत्या गरेका नौ वटा, झुन्डिएर आत्महत्या गरेको एक सय ३३ वटा, हाम फालेर आत्महत्याको १२ वटा, सवारी ज्यानका चार वटा, फुटकर ज्यानका एक सय छ वटा फर्स्यौट हुन बाँकी रहेका छन्। भवितव्य ज्यानका एक सय दुई वटा, जबरजस्ती करणीका छ वटा, साधारण चोरीका १३ वटा, अपहरणको एउटा, बहुविवाहका दुई वटा, लागू औषधका २० वटा, ठगीका पाँच वटा, सवारीबाट अङ्गभङ्गका एउटा मुद्दा फर्स्यौट हुन बाँकी रहेका छन्।

यस्तै बैकिङ कसुरका ७६ वटा, चोरी उद्योगको एउटा, अभद्र व्यवहारका १६ वटा, आगो लगाई आत्महत्याको एउटा, पशुपक्षी सम्बन्धी कसुरको एउटा र बालबालिका सम्बन्धी कसुरको एउटा मुद्दा फर्स्यौट हुन बाँकी रहेका छन्।

प्रतिक्रिया दिनुहोस् :