हाम्रा विरुद्ध अनेकौँ किसिमका तानाबाना बुनिँदै छन्: माधवकुमार नेपाल

madhav_kumar_nepal

काठमाडौँ  / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भैरहेको जिकिर गरेका छन् ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले त्यस बारेमा यकिन नभइसके पनि पार्टीविरुद्ध षड्यन्त्र शुरु भएको बताए। उनले षड्यन्त्रका विरुद्धमा गहन विश्लेषण गरेर जानकारी हासिल गर्नुपर्ने बताए। उनले पार्टीले पूर्ण सतर्कता अपनाउनुपर्ने पनि बताए।

Advertisement:madhav_kumar_nepal

नेपालले भने, ‘हाम्रा विरुद्ध अनेकौँ किसिमका षड्यन्त्रका तानाबाना बुनिँदै छन् भन्ने सुन्न आएको छ। कति सत्य हो, कति असत्य हो ? थाहा छैन। तर कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ। लेखेर पनि हुँदा रहेनछ। बोलेर हुँदो रहेनछ। त्यसको थोरै विश्लेषण गर्नुपर्ने रहेछ। त्यसको बारेमा हामीले जानकारी हासिल गर्नुपर्छ। त्यस आधारमा आफ्ना तर्फबाट पूर्ण शतर्कता अपनाउनुपर्छ। यस अर्थमा विभिन्न राजनीतिक दल र  राजनीतिक शक्तिहरूसँग हामीले संवाद जारी राख्नुपर्छ।’

अध्यक्ष नेपालले विभिन्न राजनीतिक दलहरूसँग, राजनीतिक शक्तिहरूसँग संवाद जारी राख्नुपर्ने धारणा राखे।

 

प्रतिक्रिया दिनुहोस् :