‘ब्लड फर नीड’को पहिलो स्थापना दिवस, रगतको क्षेत्रमा अमुल्य योगदान पुर्याउँदै

blood for need first anniversary program

तातोखबर, काठमाडौँ / “आज अरुका लागि भोलि आफ्ना” भन्ने मूल नाराका साथ १ बर्ष देखि निरन्तर रगतको क्षेत्रमा अमुल्य योगदान पुर्याउँदै आएको Blood For Need – आवश्यकतामा रगत नामक संस्थाले आज श्रावण १० गते आफ्नो पहिलो स्थापना दिवस मनाएको छ।

स्थापना दिवस मनाउने क्रममा संस्थाको विभिन्न शाखाहरुमा निम्न प्रकारका विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

Advertisement:blood for need first anniversary program

  भ्याली शाखा

संस्थाले यहि श्रावण ७ गते, सोमबारका दिन Himal blood transfusion center संगको प्रविधिक सहकार्य साथै युथ फर नेसन टिम, महायज्ञ आयोजक समितिको सहयोगमा पशुपतिनाथ क्षेत्र परिसरमा रक्तदान कार्यक्रम आयोजन गरि २७ पिन्ट रगत संकलन गरेको थियो।

blood for need

blood for need donation

दाङ शाखा

आज दाङकाे नारायणपुरसथित मानव सेवा घरमा एक कार्यक्रम गरी संस्थाको वार्षिकोत्सव मनाइएको छ । सेवा घरमा आश्रय लिइरहेका मानिसलाई खिर खुवाएर संस्थाले पहिलो स्थापना दिवस मनाइएको हो।

manabsewa blood for donation community

 धनुषा शाखा

जनकपुरधाम स्थित जनक चोक परिसरमा दिप प्रज्वलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरी संस्थाको पहिलो स्थापना दिवस मनाइएको छ ।

blood for need first anniversary

४) सुनसरी शाखा

सुनसरीमा आज नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाको रक्तसंचार केन्द्रमा रगतको चरम अभाव भएकाले उक्त रक्तसंचार केन्द्रको सहकार्यमा धरानका विभिन्न स्थानहरुमा घुम्ती रक्तदान कार्यक्रममा ४५ पिन्ट रगत संकलन गरि संस्थाले पहिलो स्थापना दिवस मनाइएको छ।

blood donation blood for need community

blood for need koshi pradesh blood donation

प्रतिक्रिया दिनुहोस् :