मौद्रिक नीति आज सार्वजनिक हुने, कस्तो आउला भन्नेमा सर्वत्र चासो

काठमाडौं / चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक हुँदैछ। सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा.भागवत आचार्यले बताए।
राष्ट्र बैंकले अघिल्लो वर्ष साउन ७ गते मौद्रिक नीति सार्वजनिक गरेको थियो। यो वर्ष पनि साउन ४ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने भनिएता पनि प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाले अध्ययन गर्ने भनेपछि केही समयका लागि रोकिएको थियो।
अर्थतन्त्र दबाबमा रहेका कारण यो वर्षको मौद्रिक नीति कस्तो आउला भन्नेमा सर्वत्र चासो छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने र अर्थमन्त्री विष्णु पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस