नारायणगढ-मुग्लिङ सडकखण्डमा दुई ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

काठमाडौं / चितवनस्थित नारायणगढ-मुग्लिङ सडकखण्डमा दुई ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
नारायणगढबाट मुग्लिन आउँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट जाँदै गरेको डीडीओ वान् एल नाइन वन् सिक्स वान् नम्बरको भारतीय ट्रक शुक्रबार बिहान ६ १० मा भतेरी जङ्गलमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको हो।
कन्टेनर चालक पर्साको वीरगञ्ज महानगरपालिका-२४ का ३३ का प्रमोद पटेल र भारतीय ट्रकका चालक उत्तर प्रदेशका २४ का हेहताव आलमको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। दुवैलाई अस्पतालले मृत घोषणा गरेको हो।
दुर्घटनामा गम्भीर घाइते भारत गोरखपुरका २२ वर्षीय सावन अहमदको उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस