विमान दुर्घटनामा ज्यान गुमाएकाको पोष्टमार्टम सकियो, परिवारलाई आजै शव हस्तान्तरण गरिने

काठमाडौँ/ गत बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा ज्यान गुमाएका १८ जनाको शव आज परिवारलाई बुझाइने भएको छ।

सबै शवको पोष्टमार्टम सकिएकोले सबै रिर्पोट आएपछि परिवारलाई आजै हस्तान्तरण गरिने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्राडा दिनेश काफ्लेले जानकारी दिए।

Advertisement:

उनका अनुसार केही शवको भने डीएनए परीक्षण गर्नुपर्ने अवस्थाका भएकोले ति शवलाई के गर्ने भन्ने बारेमा छलफल भैरहेको बताए। डीएनए परीक्षण गरेर शवलाई हस्तान्तरण गर्न भने झण्डै २ हप्ता लाग्ने उनले बताए।

यद्यपि मृतकका आफन्तले भने क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने जनाएका छन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै दुर्घटना भएको थियो।

जसमा १८ जनाको मृत्यु भएको थियो। घाइते अवस्थामा उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार जारी छ।

प्रतिक्रिया दिनुहोस् :