विमान दुर्घटना : थप ६ जनाको शव आफन्तलाई बुझाउने तयारी

plane_accident_dead_body_handover

काठमाडौं / सौर्य एयरको विमान दुर्घटनामा ज्यान गुमाएका थप ६ जनाको शव शनिबार बिहान आफन्तलाई बुझाउने तयारी गरिएको छ।

एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मासहित अन्य तीन शव आफन्तलाई बुझाउने तयारी गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बताए।

Advertisement:plane_accident_dead_body_handover

यसअघि शुक्रबार ६ जनाको शव परिवारले बुझेका थिए। सहायक पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, उद्धव पुरी, श्याम बिन्दुकार र अस्मिन निरौलासहित थप एकजनाको शव परिवारले बुझेका थिए।

केही मृतकका आफन्तले भने बीमा, क्षतिपूर्तिलगायतका विषय स्पष्ट भएपछि मात्रै शव बुझ्ने बताएका छन्। सौर्य एयरलायन्सले मृतक परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

काठमाडौं मेडिकल कलेजमा पाइलट मनिषरत्न शाक्यको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् :