प्रभु बैंकको ३ सय १० औँ शाखा स्थापना
धनकुटा / प्रभु बैंक लिमिटेडले धनकुटामा ३ सय १० औँ शाखा स्थापना गरेको छ। धनकुटा नगरपालिका वडा नं. ७ हुलाक टोल चुवाको बोट छेउमा शाखा स्थापना गरेको हो।
आइतबारदेखि नै शाखा सञ्चालनमा आएको बैंकले जानकारी दिएको छ। देशभर बैंकिङ पहुँच विस्तारका लागि शाखा विस्तारलाई तीव्रता दिइएको र यही अभियानमा धनकुटा शाखा सञ्चालन भएको बैंकले जानकारी दिएको छ।
धनकुटा शाखाको उद्धाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र प्रभु बैंकका प्रदेश कार्यालय प्रमुख बद्रि कटुवालले संयुक्त रुपमा उद्धाटन गरे। कार्यक्रममा बोल्दै धनकुटा नगर प्रमुख तामाङले धनकुटामा शाखा विस्तारले आर्थिक गतिविधि चलाएमान बनाउन सहयोग पुग्ने बताए।
उनले देशमा भइरहेको आर्थिकमन्दीका बावजुत स्थापना भएको शाखाले आर्थिकमन्दीलाई रोक्न सहयोग पुग्ने अपेक्षा रहेको समेत बताए। प्रभु बैंकको धनकुटा शाखाबाट यस क्षेत्रका ग्राहकले प्रभु बैंकबाट पूर्ण बैंकिङ सेवा पाउने धनकुटा शाखाका प्रबन्धक विनिता तिवारीले जानकारी दिए।
धनकुटा शाखामा प्रबन्धक तिवारी सहित ६ जना कर्मचारीहरू रहने भएका छन्। यस्तै, बैंकले आइतबार नै तेह्रथुमको म्याङ्लुङमा पनि शाखा उद्धाटन गरेको बैंकले जनाएको छ। धनकुटा र तेह्रथुम सहित प्रभु बैंकको कोशी प्रदेशमा ३८ वटा शाखा रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु