गोरखा पहिरोमा पुरिएका तीन जनाको शव भेटियो

pahiro gorkha

काठमाडौँ / गोरखाको धार्चे गाउँपालिका-५ सिङ्लामा घरसँगै पहिरोमा पुरिएका एकै परिवारका तीन जनाको शव फेला परेको छ।

खोजीका क्रममा सोमबार दिउँसो ६० वर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ वर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव भेटिएको गोरखाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए।

Advertisement:pahiro gorkha

उनका अनुसार बेपत्ता दुई जना ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियारको भने खोजी भइरहेको उनले बताए। आइतबार बिहान पहिरोमा पुरिएर पाँच जना बेपत्ता भएका थिए।

प्रतिक्रिया दिनुहोस् :