रूकुम पश्चिममा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी अभियोगमा ३ जना पक्राउ
रूकुम पश्चिम / रुकुममा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । उनीहरुलाई मंगलबार बेलुकी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका-१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन्।
उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका-१ चौरजहारी बजारस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
यस घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।