नेप्सेमा गिरावट : पाँच कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं / आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार सात सय ५५ दशमलव ६२ मा सीमित भएको हो।
ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव २९ अङ्कले ओरालो लागेर चार सय ९२ दशमलव ७५ मा सीमित भएको छ। कुल पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता शेयर रु २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार सात मूल्यमा कारोबार भएको छ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये सात उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ भने ६ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।
नेप्सेका अनुसार पाँच कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्नेमा एचआइडिसिएल, नेपाल हाइड्रो डेभलपर, शुभम् पावर, सिटी होटल र कुर्थली बुखारी स्मल हाइड्रोपावर छन्।
यस्तै, पिपल्स हाइड्रोपावर नौ दशमलव १३, प्रभु बैङ्कको ऋणपत्र आठ दशमलव ६५, रसुवागढी हाइड्रोपावर सात दशमलव शून्य नौ, अप्पर सोलु हाइड्रोपावर ६ दशमलव ७० र मन्दकानिकी हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ५५ प्रतिशतले गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस