पश्चिमसँग रुसको कैदी सम्झौता : टर्कीले २६ जनालाई रिहा गर्यो

russian

रुस र छ पश्चिमी मुलुकहरू बीचको अदलाबदलीमा अङ्कारामा बिहीबार २६ जना कैदीलाई रिहा गरिएको टर्कीले घोषणा गरेको छ। रिहा हुनेमा अमेरिकी संवाददाता इभान गेर्शकोविच र अमेरिकी पूर्वमरिन पाउल ह्वेलन संलग्न छन्।

रुसले हिरासतमा लिएका १६ पश्चिमी नागरिकको बदलामा दुई नाबालिगसहित १० रुसी नागरिकलाई सुम्पिएको टर्कीका राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा एमआइटी राष्ट्रिय गुप्तचर सेवाद्वारा आयोजित ‘ऐतिहासिक कैदी आदानप्रदान अभियान’ को प्रशंसा गरिएको छ।

Advertisement:russian

वाल स्ट्रिट जर्नलका पत्रकार गेर्शकोविचलाई जासुसी गरेको आरोपमा रुसी अदालतले १६ वर्षको काराबास सजाय सुनाएको केही सातापछि रिहा गरिएको थियो।

गेर्शकोविच र ह्वेलनका साथै बेलारुसमा कैदमा परेका जर्मन नागरिक रिको क्राइगर, रुसी असन्तुष्ट इल्या याशिन र एक चेचेन पृथकतावादीको हत्या गरेको आरोपमा जर्मनीमा थुनिएका रुसी गुप्तचर कर्णेल वादिम क्रासिकोभ उक्त अदलाबदलीको हिस्सा रहेको विज्ञप्तिमा जनाइएको छ।

रुसले मुक्त गरेका बन्दीहरूमा १३ जना जर्मनी र तीन जना संयुक्त राज्य अमेरिका गएका छन्। विज्ञप्तिमा संयुक्त राज्य अमेरिका, जर्मनी, पोल्यान्ड, स्लोभेनिया, नर्वे, बेलारुस र रुसबाट कैदीहरूलाई अङ्कारा पठाइएको उल्लेख छ।

‘कैदी विनिमय अभियानअन्तर्गत कैदीहरूलाई संयुक्त राज्य अमेरिकाका दुई र जर्मनी, पोल्यान्ड, स्लोभेनिया, नर्वे र रुसका एक–एक विमान गरी कूल सात विमानमार्फत टर्की लगिएको थियो’, विज्ञप्तिमा भनिएको छ।

टर्कीले ‘हालैका वर्षहरूमा संयुक्त राज्य अमेरिका, रुस र जर्मनीबीच सबैभन्दा व्यापक कैदी आदानप्रदान भएको’ बताएको छ । ‘यो ऐतिहासिक अपरेसनका लागि वार्ताको च्यानलहरू एमआइटीले गरेको थियो र जुलाईमा विभिन्न पक्षहरूलाई टर्कीमा सँगै ल्याइएको थियो’, विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस् :