पहिरोले कान्ति लोकपथ अवरुद्ध

landslide-kantilokpath

काठमाडौँ / पहिरो आएपछि काठमाडौँ–हेटौंडा जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको कान्ति लोकपथ अवरुद्ध भएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका-८ महादेवटार सडकखण्डमा गएराति पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए। सडकको ट्र्याक नै बगेकाले सञ्चालनमा ल्याउन केही समय लाग्ने उनको भनाइ छ।

Advertisement:landslide-kantilokpath

अहिले सडकको अवरोध हटाउन सडक विभाग र फास्ट ट्र्याक निर्माण आयोजनासँग समन्वय भइरहेको प्रहरी निरीक्षक पण्डितले बताए।

प्रतिक्रिया दिनुहोस् :