सिटिजन्स बैंकले गर्यो वित्तीय विवरण सार्वजनिक, नाफा १ अर्ब ३४ करोड
काठमाडौं / सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को अन्तिम चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस बर्ष २७.९७ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशतले घटेर ५ अर्ब ६८ करोड ६१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ८२ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको सञ्चालन नाफा १९.३२ प्रतिशतले घटेर २ अर्ब ७ करोड ७८ लाख रुपैयाँ पुगेको छ । बैंकको नेट फि तथा कमिशन इनकम २८.३१ प्रतिशत बढेर १ अर्ब १२ करोड ४९ लाख रुपैयाँ पुगेको देखिएको छ ।
बैंकको कुल सञ्चालन आम्दानी १.५७ प्रतिशतले बढेर ७ अर्ब १ करोड ९८ लाख रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ६१ करोड ६१ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ र जगेडा कोष ८.७९ प्रतिशत बढेर ७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ सञ्चित रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब ८९ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको बेसरट ८.२६ प्रतिशतमा झरेको छ । यस्तै बैंकको कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) ८१.८४ प्रतिशत कायम राखेको छ ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ३.६७ रुपैयाँ घटेर ९.४५ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २०.४७ गुणा रहेको छ ।
बैंकको निष्क्रिय कर्जा ३.९९ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब २१ करोडबाट बढेर १ अर्ब ७६ करोड पुगेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु