सुदूरपश्चिम प्रदेशले फेरी नयाँ मुख्यमन्त्री पाउँदै
काठमाडौं / सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठनको लागि मुख्यमन्त्रीमा दाबी पेश गरिने भएको छ।
दीर्घबहादुर सोडारीले राजीनामा दिएसँगै प्रदेश प्रमुख नाजिर मियाँले आज साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।
मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेश गर्ने तयारी गरेका छन्। कांग्रेसको शीर्ष तहमा भएको समझदारीअनुसार यसअघि पनि मुख्यमन्त्री भइसकेका शाहकै नेतृत्वमा सरकार गठन गर्ने तयारी भएको हो।
यसबारे आधिकारीक निर्णय गर्न कांग्रेसले आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ। तर पार्टी नेतृत्व शाहप्रति नै सकारात्मक देखिएको छ। केन्द्रमा कांग्रेस एमालेबीचको समीकरण अनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो।
कांग्रेस एमालेबीच नयाँ समीकरण बनेपछि गत असार २१ गते नै एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकार छोडेको थियो। त्यसपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले संवैधानिक अधिकार भन्दै विश्वासको मतसमेत परीक्षण नगरी झण्डै एक महिना सत्तामा बसेका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु