आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को तयारीका लागि २२ खेलाडी बन्द प्रशिक्षणमा

nepali-latest-cricket-squrd

काठमाडौँ / नेपाल क्रिकेट संघ क्यानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

क्यानले आज एक सूचना जारी गर्दै आगामी सेप्टेम्बरमा क्यानडामा हुने विश्वकप लिग-२ का लागि २२ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएको हो।

Advertisement:nepali-latest-cricket-squrd

बन्द प्रशिक्षणमा कप्तान रोहित पौडेलसँगै कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद र सोमपाल कामी समावेश छन्।

करण केसी, गुल्शन झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा रहेका छन्।
icc-training-camp

प्रतिक्रिया दिनुहोस् :