उपत्यका खोलामा पानीको बहाव उच्च, सतर्क रहन काठमाडौं महानगरको आग्रह

काठमाडौं / गएरातीदेखि परेको अविरल वर्षाका कारण उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते खोला तथा बागमतीका सहायक नदीमा पानीको बहाव बढ्दै गएको छ। काठमाडौं महानगरपालिकाले आज सूचना जारी गर्दै उक्त नदीहरूमा बहाव बढेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
सूचनामा भनिएको छ,‘निरन्तर वर्षाका कारण आज काठमाडौं भएर बग्ने वागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते खोला तथा बागमतीका सहायक नदीमा पानीको बहाव बढ्दैछ, आकस्मिक बहावको उच्च जोखिम छ, यसकारण उच्च सतर्कता आवश्यक रहन अनुरोध छ।’
मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा यतिखेर ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम बुधबारसम्म चल्ने भन्दै महाशाखाले ३४ जिल्लामा खतराको चेतावनी ‘रेड अलर्ट’ जारी गरेको छ। काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा लगातार भारी वर्षा भइरहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस