गुल्मीमा पहिरोले दुई वटा घर पुरिँदा १ जनाको मृत्यु, ३ जना बेपत्ता

गुल्मी / गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौनामा पहिरोले २ वटा घर पुरिएर १ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्।
पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए। मंगलबार बिहान घरमाथीबाट लेदोसहितको पहिरोले विस्णु विकको घर र हुकुम विकको घर पुरिएको प्रहरीले जनाएको छ।
वेपत्ता भएकाहरुको खोजी कार्यको लागि प्रहरी र स्थानीय परिचालन भएको प्रहरीले जनाएको छ। क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस