पहिरोले बेनी-दरबाङ सडक अवरुद्ध

म्याग्दी / हिजो शुक्रबार साँझ गएको पहिरोले म्याग्दीको सदरमुकाम जोड्ने बेनी-दरबाङ सडकमा यातायात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, बेनी-दरबाङ सडक अन्तर्गत मंगला गाउँपालिका-२,स्थित पानाबगर र खहरे खोलाको बिच भागमा पहिरो खसेको हो।
शुक्रवार साँझ पहिरो खसेको र अहिले सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी बताए। बेनी नगरपालिका-४,र मंगला गाउँपालिका-२,को सिमानामा पर्ने फापरखेत तथा मालिका गाउँपालिका-६,स्थित बाङ्गे पहिरोमा खस्ने पहिरोले पटक-पटक सडक अवरुद्ध हुने गरेको छ।
बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध हुँदा जिल्लाका धवलागिरि, मालिका र मंगला गाउँपालिकासहित बागलुङको पश्चिम भेगका सर्वसाधारण प्रभावित बनेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस