महाराजगञ्जस्थित मनमोहन हस्पिटलको छतबाट हाम्फालेर एक युवाले गरे आत्महत्या

काठमाडौँ / काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम्फालेर एक युवाले आत्महत्या गरेका छन्।
अस्पतालको छैटौँ तलामा रहेको एस क्याफे रहेको स्थानबाट हाल्फालेर गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीवृत्त महाराजगञ्जका अनुसार उनी क्याफेमा केहीबेर कफी पिएर बसेका र त्यसपछि हाम्फालेका हुन् । त्यहाँ उनी नियमित कफी खान जाने ग्राहक हुन्।
प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले घटना दिउँसो ३ बजेतिर घटेको बताए। उनी अस्पतालसँग सम्बन्धित नरहेको पाइएको छ । उनले यसरी किन आत्महत्या गरे भन्नेबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस