एनआईसी एसिया बैंक प्रति जनविश्वास घट्दै, २ अर्ब ८४ करोड लगानी जोखिममा

nic-asia-bank-case

काठमाडौँ / एनआईसी एसिया बैंकको वित्तीय अवस्था खराब रहेको देखिएको छ । बैंकले हालै सार्वजविक गरेको चौथो त्रैमासिकको वित्तीय विवरणमा २ अर्ब ८४ करोड लगानी जोखिम रहेको देखिएको हो।

एनआईसी एसिया बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ६८.९ प्रतिशतले घटेको देखिन्छ।

Advertisement:nic-asia-bank-case

बैंकले अघिल्लो आर्थिक वर्षमा रु.४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षमा बैंकले रु. १ अर्ब ३८ करोड कमाएको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन बढ्नुले नाफामा उच्च गिरावट आएको देखिन्छ ।

एनआईसी एसिया बैंकले बैंकको वित्तीय अवस्था खस्किदै जाँदा गत असारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री प्रकृया अगाडि बढाएको थियो।

बैंकले ग्राहकलाई आकर्षित गर्न विभिन्न योजना ल्याएपनि अर्बौं रकम जोखिममा देखिँदा बैंक प्रति जनविश्वास घट्दै गएको जानकारहरु बताउँछन्।

बैंकले आफ्नो कर्तुत ढाकछोप गर्न कर्मचारी नै खटाएको स्रोतले दाबी गरेको छ। बैंकले ग्राहकको गुनासो सम्बोधनमा भन्दा अन्य धन्दामा ध्यान केन्द्रीत गर्दा बैंकको निक्षेप समेत जोखिममा पर्न सक्ने देखिन्छ।

यसैगरी एनआईसी एसिया बैंक प्रति जनताको विश्वास घट्दै जाने हो भने आफ्नो अस्तित्व जोगाउन निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस् :