रास्वपा सदनमा थप सशक्त : हरेक हप्ता सार्वजनिक महत्वको प्रस्ताव लैजाने

rastriya-swatantra-party-rabi-lamichhane-rsp

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सदनमा थप सशक्तरुपमा प्रस्तुत हुने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले थप सक्रियता देखाउने गरी हरेक हप्ता सार्वजनिक महत्वको प्रस्ताव वा संकल्प प्रस्ताव लैजाने भएको छ।

Advertisement:rastriya-swatantra-party-rabi-lamichhane-rsp

रास्वपा सचेतक निशा डाँगीका अनुसार मंगलबारै एउटा गैरसरकारी विधेयक दर्ता गराउने तयारी छ।

उनले भनिन्, ‘आजै एउटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउँदैछौँ। जलनसम्बन्धी विधेयक पनि दर्ता गराउन लागेका हाैं । हामीले पछिल्लो समय तीन/चार यस्तै विषयमा काम गरिरहेका थियौं। अब हामीले हरेक हप्ता भइरहेका विभिन्न विषयमा जरुरी सार्वजनिक महत्वको वा संकल्प प्रस्ताव संसद्‌मा लिएर जाने निर्णय गरेका छौं।’

सांसद विन्ध्यवासिनी कंसाकारले जलनसम्बन्धी उक्त विधेयक दर्ता गराउने तयारी गरेकी छन्।

यसैगरी संसद्‌मा कसले के मुद्दा कसरी उठाउने भन्ने विषयमा पछि बैठकमा छलफल भएको सचेतक डाँगीले बताइन्।

भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्ने विषयमा विपक्षमा उभिएको रास्वपाले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत उद्योगीले विद्युत उपभोग गरेबापतको रकम तिर्नैपर्ने पक्षमा अडान  राखेको छ।

आजको प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद हरि ढकालले यसबारे बोल्नेछन्।

 

प्रतिक्रिया दिनुहोस् :