साफ यू-२० च्याम्पियनसिप सुरु, उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौं / साफ यू-२० च्याम्पियनसिप २०२४ आजदेखि काठमाडौंमा सुरु हुने भएको छ।
एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुने उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाको सामना गर्नेछ। प्रतियोगिताका लागि नेपालले लगभग ४० दिन प्रशिक्षण गरेको थियो भने चर्च ब्वाइजसँग ३ वटा अभ्यास खेल खेलि सकेकाे छ।
घरेलु मैदानमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ। नेपालले अन्डर एटिन र अन्डर नाइन्टिन साफ च्याम्पियनसिप जिते पनि यू–ट्वेन्टी उमेर समूहको प्रतियोगिता भने जित्न सकेको छैन।
प्रतियोगितामा सहभागी टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल सम्मिलित समूह एमा श्रीलंका र बंगलादेश छन् भने समूह बीमा भारत, भुटान र माल्दिभ्स छन्।
भारी वर्षालगायत प्रतिकूल मैदानका कारण समूह चरणका सबै खेल दशरथ रंगशालाबाट एन्फा कम्प्लेक्समा सारिएको थियो। मौसममा सुधार आए र पिच खेल्न योग्य भए सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुने सम्भावना रहेको जनाइएको छ।
नेपालले दोस्रो खेलमा भदौ ६ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको पहिलो सेमिफाइनल भदौ ९ गते र दोस्रो सेमिफाइनल भदौ १० गते हुने छ।
फाइनल भने भदौ १२ गते हुने तालिका छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस