चर्काे करको विरोधमा हेटौँडा उपमहानगरपालिका कार्यालयअगाडि धर्ना
हेटौँडा / चर्काे करको विरोधमा व्यवसायीले आफ्नो व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरपालिका कार्यालयअगाडि धर्ना बसेका छन्।
मकवानपुर उद्योग वाणिज्य सङ्घको आह्वानमा व्यवसायीले आ–आफ्ना व्यवसाय बन्द गरेर उपमहागरपालिका कार्यालय अगाडि धर्ना बसेका हुन्।
सो क्रममा व्यवसायीले सटरको साँचोसमेत उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँलाई बुझाएका छन्।
हेटौँडा उपमहानगरपालिकाको नगरसभाले अर्थसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८१ पारित गर्दै करको दरमा वृद्धि गरेको विरोधमा व्यवसायी आन्दोलित भएका छन्।
विश्वव्यापी आर्थिक मन्दीका कारण व्यापार व्यवसाय सङ्कटमा परेका बेला हेटौँडा उपमहानगरपालिकाले चालू आव ०८१/८२ मा घरवहाल करदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म वृद्धि गरेकाले आन्दोलनमा उत्रनु परेको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णगुप्ता अग्रवालले बताएका छन्।
कर वृद्धिको निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ।
हेटौँडा उपमहानगरपालिकाले करको दरमा गरिएको हेरफेरको निर्णयबाट पछि हट्न नसक्ने जनाएको छ ।
उपमहानगरका प्रवक्ता सविन न्यौपानेले उपमहानगरपालिकाको १५औँ नगरसभाले अर्थसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८१ पारित गरी जारी भइसकेको अवस्थामा व्यवसायीले उठाएको माग सम्बोधन गर्न नसकिने बताए।
‘‘स्थानीय सरकारले आर्थिक ऐन जारी गरेपछि करको दरमा तत्काल हेरफेर गर्न सकिँदैन”, उनले भने, ‘‘अब आगामी आवमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी टुङ्गो लगाउन सकिन्छ।” यसका लागि पहल भइरहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु