चोटका कारण मेसीले विश्वकप छनोट अन्तर्गतका खेल गुमाउने
काठमाडौं / अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले फिफा विश्वकप छनोट अन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेल गुमाउने भएका छन्। उनले चोटका कारण छनोट खेलहरु गुमाउने भएका हुन्।
अर्जेन्टिना एफएले छनोटका लागि घोषणा गरेको टोलीमा मेसीलाई समावेश गरिएको छैन। गत महिना अमेरिकामा भएको कोपा अमेरिकाको फाइनलमा खुट्टामा चोट लागेका कारण ३७ वषिर्य मेसी २८ सदस्यीय अर्जेन्टिनी टोलीमा नअटाएका हुन्।
हाल मेजर लिग सकर टोली इन्टर मायामीसँगै रहेका मेसी त्यही रिकभरीका लागि प्रयास गर्दै छन्।
कोपा अमेरिका पछि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका एन्जेल डि मारियासँगै रिभर प्लेटका गोलकिपर फ्रान्को अरमानी पनि टोलीबाट बाहिरिएका छन्।
प्रशिक्षक लियोनेल स्कालोनीले मिडफिल्डर इजेक्वेल फर्नान्डेज र स्ट्राइकर भ्यालेन्टिन क्यास्टेलानोसलाई पहिलो पटक टिममा सामेल गरेका छन्।
विश्वकप छनोट अन्तर्गत साविक विजेता अर्जेन्टिनाले सेप्टेम्बर ५ मा चिली र त्यसको पाँच दिनपछि कोलम्बियासाग प्रतिस्पर्धा गर्ने छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
‘टोल विकास संस्थाहरुको सक्रियता’ नामक पुस्तक सार्वजनिक
-
२.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
३.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
४.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
५.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै