पहिरोले मालढुङ्गा-बेनी सडक अवरुद्ध
पर्वत / लगातारको वर्षासँगै खसेको पहिरोले मालढुङ्गा-बेनी सडक खण्ड अवरुद्ध भएको छ।
पर्वतको जलजला गाउँपालिका-४ लामाखेतमा सडकमाथिबाट झरेको पहिरोले सडक पुरिँदा मङ्गलवार रातीदेखि नै सडक अवरुद्ध भइरहेको जलजला गाउँपालिकाको सचिवालयले बताएको छ।
म्याग्दी र मुस्ताङ जिल्ला छिर्ने नाकाका रूपमा समेत उक्त सडक खण्ड अवरुद्ध हुँदा ती जिल्लाबाट अन्य जिल्लामा आउजाउ गर्ने सवारीसाधन समस्यामा छन्।
जलजलाको लामाखेत मात्रै नभएर केराबारी लगायतका ठाउँमा पनि वेला-वेलामा पहिरो झर्दा उक्त सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ। अहिले पनि सामान्य रूपमा भइरहेको वर्षाका कारण पहिरो स्थलमा गेगर खस्ने क्रम नरोकिएकोले पहिरो पन्छाउन समय लाग्ने देखिएको छ।
पहिरोस्थलमा दुर्घटनाको जोखिम रहेकाले यो सडक प्रयोग नगरी वैकल्पिक सडक प्रयोग गर्न जलजला गाउँपालिकाले अनुरोध गरेको छ। यो सडकको विकल्पमा बागलुङ–रत्नेचौर–बेनी सडकको बाटो प्रयोग गर्न सकिन्छ। मालढुङ्गा–बेनी सडकको तुलनामा बागलुङ-रत्नेचौर-बेनी सडक लामो र साँघुरो भएकाले सवारीसाधन सकेसम्म यो बाटो जाँदैनन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु