हालान्ड र रोड्रीलाई पछि पार्दै फोडेनले जिते प्रोफेसनल प्लेयर अफ द इयरको अवार्ड
काठमाडौं / म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनले प्रोफेसनल फुटबलर्स एशोसिएसन (प्रोफेसनल प्लेयर अफ द इयर) को अवार्ड जितेका छन् भने चेल्सीका विंगर कोल पाल्मरले वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्।
सन् २००९–१० पछि पहिलो पटक पुरुषतर्फको दुवै पुरस्कार दिइएको हो । त्यस सिजनका लागि वेन रुनी र जेम्स मिल्नरले क्रमशः प्लेयर र युवा प्लेयर अफ द इयर पुरस्कार जितेका थिए।
फोडेनले २०२३-२४ मा १९ गोल गरे। गोलसँगै सिटीले लगातार चौथो पटक ऐतिहासिक प्रिमियर लिग जित्यो।
फोडेनले सिटीका एर्लिङ हालान्ड, रोड्री, चेल्सीका पामर, आर्सनलका मार्टिन ओडेगार्ड र एस्टन भिल्लाका ओली वाटकिन्सलाई पछि पारेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु