बैंकिङ कसुरका अपराधमा जेल हाल्नेभन्दा पनि नगद जरिमाना गर्नुपर्छ : स्वार्णिम वाग्ले

swarnim-wagle-artha-samiti

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा. स्वार्णिम वाग्लेले बैंकिङ कसुरका अपराधमा जेल हाल्नेभन्दा पनि नगद जरिमाना गराउनुपर्ने बताएका छन्।

आइतवार प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति बैठकमा उपसभापति वाग्लेले यस्तो बताएका हुन्। उनले विश्वव्यापी रुपमा नै आर्थिक कसुरमा भौतिक कारबाहीभन्दा नगद कारबाही गराउने मान्यता रहेको भन्दै नेपालमा पनि यसै गर्नुपर्ने आवश्यक रहेको बताए।

Advertisement:swarnim-wagle-artha-samiti

उनले बैंकिङ अपराध पनि एक खालको कसुर भएको बताए। उनले जुनसुकै अपराध गर्दा पनि ठोक्ने‚ जाक्ने, थुन्ने भन्ने खालको भाष्य समाजमा बनेको भन्दै त्यो परिवर्तन गर्न आवश्यक रहेको उनले बताए।

उनले सानो कसुर गरेको खण्डमा ठूलो जरिमानास्वरुप कारबाही हुँदा त्यस्तो दुष्कर्म गर्नतर्फ नलाग्ने अवस्था आउने भन्दै यस्तो खालको व्यवस्था गर्न आवश्यक रहेको बताए।

उनले सरकारले सबैतिर कडा र प्रहरी लगाउन नसक्ने भन्दै जरिमानाको व्यवस्था गर्न उपयुक्त हुने बताए। बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन संशोधनमा नगद कारबाहीलाई प्राथमिकता दिनु आवश्यक रहेको सुझाव दिए।

‘२५ सय वर्षअगाडि कौटिल्यको अर्थशास्त्रमा पनि त्यही लेखिएको छ‚ प्रहरी गौँडा गौँडामा तैनाथ गर्न सकिँदैन। त्यसैले दोषी पाइएमा कडाभन्दा कडा कारबाही गर्ने हो‚’ उनले भने, ‘डराएर नै बैंकिङ कसुरको काम गर्दैन भन्ने हो। यो सिद्धान्तलाई अन्य विकसित मुलुकहरुले लागू गरिसकेका छन्।’

प्रतिक्रिया दिनुहोस् :