डेडिकेटेट र ट्रंक लाइन विद्युतको विषयलाई विवादको विषय बनाउन नहुने : डा. महत

prakash-sharan-mahat-arthamantri

काठमाडौँ / नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले डेडिकेटेट र ट्रंक लाइन विद्युतको विषयलाई विवादको विषय बनाउन नहुने बताएका छन्।

मंगलवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पूर्वऊर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। उनले विद्युतको विषयमा उद्योग व्यवसायीहरुले उठाएको विषय अहिले चर्चाको विषय रहेको भन्दै यसमा विवाद र बहस गर्न आवश्यक नरहेको बताए।

Advertisement:prakash-sharan-mahat-arthamantri

उनले नियामक निकायले भनेको रकम उठाउन र लिन नभनेको विषयलाई लिएर विवाद सिर्जना नगर्न आग्रह गरे। उनले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले जायज विषयमा निर्देशन दिएको भन्दै त्यसबारे बहस आवश्यक नरहेको जिकिर गरे।

‘विद्युतको विषयमा कतिपय कुरा कानूनतः, नियमतः प्राप्त गर्नुपर्ने हो, कति होइन भन्ने कुराको निर्क्योल गर्ने जिम्मेवारी सम्बन्धित निकायलाई छ र नियामक निकाय पनि बनेको छ‚’ उनले भने, ‘तर कति दिनुपर्ने हो, कति होइन भन्ने निर्धारण विभिन्न समयमा भएका निर्णय, अदालतको आदेश पनि छ। यसमा विवाद गरिरहनुपर्ने केही कारण नै छैन। लेखा समितिले साधरण जे जायज हो, जे नियमतः दिनुपर्ने हो त्यो लिनुपर्ने भन्ने निर्णय हो। त्यसलाई बहसको विषय बनाउनुपर्ने आवश्यकता छैन।’

सांसद महतले प्रशारण लाइनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पनि सुझाव दिए।

प्रतिक्रिया दिनुहोस् :