तिन संसदीय समितिको बैठक आज बस्दै

samsad sachiwalaya

काठमाडौं / संघीय संसदअन्तर्गत तीन समितिको बैठक बुधबार बस्दैछ।

प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठक बिहान साढे ११ बजे बस्ने तय भएको छ। बैठकमा तयारी पोशाक निर्यातमा देखिएका नीतिगत समस्याका सम्बन्धमा नेपाल तयारी पोशाक उद्योग संघका प्रतिनिधिसँग छलफल हुनेछ। यस्तै हस्तकला क्षेत्रका नीतिगत समस्याबारे नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने कार्यसूची छ।

Advertisement:samsad sachiwalaya

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायु सेवा निगमको जहाजमा देखिएका समस्या सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ। बैठक बिहान साढे ११ बजे बोलाइएको छ।

कानून न्याय तथा मानव अधिकार समितिको सोही समयमा बोलाइएको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने  सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :