पेरिस पारालम्पिक २०२४ को भव्य उद्घाटन
काठमाडौं / पेरिस पारालम्पिक २०२४ को उद्घाटन भएको छ।
च्याम्प्स एलिसिज र प्लेस डे ला कन्कोर्डमा पहिलो पटक पारालम्पिकको उद्घाटन स्टेडियम बाहिर आयोजना गरिएको हो।
भव्य समारोहका बीच फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले उद्घाटन गरे। कडा सुरक्षाबीच उद्घाटन समारोहका लागि लगभग १५ हजार सुरक्षा अधिकारीहरु खटाइएको थियो।
उद्घाटन समारोहमा क्यानाडाली संगीतकार, गीतकार, र निर्माता चिली गोन्जालेसले लाइभ सो गरेका थिए ।
भिन्न क्षमता भएका कलाकारहरू काउन्टडाउनसँगै फ्रेन्च गायिका क्रिस्टिन र क्विन्सले पप गित प्रस्तुत गरेका थिए।
स्विडेनका कोरियोग्राफर अलेक्ज्यान्डर एकम्यानद्वारा निर्देशित र ५ सय कलाकारहरू रहेको उक्त कार्यक्रमलाई प्याराडक्स, फ्रम डिसकोर्ड टु कन्कर्डू नाम दिइएको थियो। जसलाई ५० हजार दर्शकले प्रत्यक्ष रुपमा अवलोकन गरेका थिए।
१ सय ६८ प्रतिनिधिमण्डलका एथलिटहरूको परेडमा सहमागी थिए।
पाराओलम्पिक झन्डा बेलायतका पारा एथलिट जोन म्याकफलले बोकेका थिए। उनले २००८ बेइजिङ पारालम्पिकमा १ सय मिटर दौडमा कांस्य पदक जितेका थिए।