कांग्रेस-एमालेले दुई तिहाइको दम्भ देखाए सडकमा जान्छौं : प्रचण्ड

धनगढी / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको कांग्रेस-एमालेले दुई तिहाइको दम्भ देखाए सडकमा जाने चेतावनी दिएका छन्।
धनगढीमा बिहीबार पत्रकारहरूसँग बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूले हालै संसदमा यस विषयमा खबरदारी गरेको उल्लेख गरे।
‘दुई तिहाइको घमन्ड नगर्नुस् सुध्रिनुस् भनेर मैले अस्ति संसदमा सम्झाएको मात्र छु।’ प्रचण्डले भने, ‘अलि बढि गर्नुभयो भने हामी सडकमा जान्छौं।’
कांग्रेस-एमालेले संविधानमा घात गर्न सक्ने उनले आशंका गरेका छन्।
‘उहाँहरूले संविधानमा घात गर्नुहुन्छ कि भन्ने आशंका छ। उहाँहरू पछाडि लैजान चाहनुहुन्छ। साँच्चै भन्दा उहाँहरूले संविधान हेर्दा जतासुकै माओवादी देख्नुहुन्छ’, प्रचण्डले भने, ‘समावेशी भने पनि माओवादी, समानुपातिक भने पनि माओवादी, दलित, महिला, मुस्लिम भने पनि माओवादी, गणतन्त्र भने पनि माओवादी भनेपछि कसरी माओवादीलाई ठीक गर्ने भन्ने परेको छ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस