मौसम : केही स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना

काठमाडौं / आज देशका केही स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। काठमाडौंमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बैतडीमा बिहान भारी वर्षा भएको छ। पछिल्लो चार घण्टामा बैतडीको सिद्धापुर वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भैरहेको हो।
थप वर्षा हुनसक्ने सम्भावना रहेकाले ती क्षेत्र बग्ने नदीतट आसपास बस्नेहरूलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस